Banner News

कांग्रेस निर्वाचनबाट भाग्दैः वहानाको खोजीमा मधेसी मोर्चाको संविधान सम्शोधनको पछि लाग्दै



काठमाडौ, ६ चैत्र । सरकारले निर्वाचन घोषणा गरेको एक महिना हुन लागेको छ । तैपनि निवाृचनको महोलले देश तातेको छैन् । १९ वर्ष पछि हुन लागेको स्थानीय निकायको यो निर्वाचन पनि हुने होकि होइन, भन्ने आंशका अझै छ ।

सरकारमा रहेको देशकै सबै भन्दा ठूलो पार्टी नेपाली काग्रेसले निर्वाचन नचाहेकै कारण निर्वाचनको वातावरण नबनेको हो । कांग्रेस यो वा त्यो वहनाको खोजी गर्दै घोषित निर्वाचन छल्ने खेलमा लागेको देखिन्छ । सरकारले निर्वाचन घोषणा नगरुन्जेल निर्वाचनको मिति तोक्ने प्रधानमनत्रीलाई कांग्रेसका सभापति शेरवहादुर देउवाले दबाब दिदै आएका थिए । जब सरकारले निर्वाचनको घोषण ग¥यो,त्यसपछि निर्वाचनको वातावरण बनाउने काममा सत्तारुढ दल कांग्रेसको भूमिका शून्य रहँदै आएको छ ।

सरकारले घोषणा गरेको निर्वाचनको वातावरण बनाउने र त्यसको तयारीलाई तीव्रताका साथ अघि बढाउने काम सत्तारुढ दलकै पहिलो कर्तत्य हो । तर, सरकारमा सहभागी सबै भन्दा ठूलो दल कांग्रेस भने निर्वाचनको वातावरण बनाउनेमा लागेको देखिदैन् ।

कांग्रेसका सभापति देउवा निर्वाचन भन्दा पहिले संविधान सम्शोधन हुनुपर्छ भन्दै मधेसी मोर्चाले राख्दै आएको मागको पछि(पछि लागेका छन् ।

देशको सबै भन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । ठूलो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा ठूलै हुनु पर्ने हो । मुलुकमा उत्पन्न संकटलाई निकास दिन कांग्रेसले भूमिका निर्वाह गर्नु पर्ने हो ।तर, कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेल्नमा नै उद्धत भएको देखिदै आएको छ ।

अहिले आएर कांग्रेसको त्यसमा पनि सभापति देउवाको भूमिका निर्वाचन विथोल्ने खेलमा केन्द्रित हुन थालेको छ । जसरी पनि चुनाव हुनै नदिने खेलमा लागेका मधेसी मोर्चालाई देउवाले साथ र सहयोग दिदै आउनु भनेको प्रकान्तरले घोषित मितिमा चुनाव हुन नदिनु नै हो ।

यतिवेला कांग्रेससंग राष्ट्रिलाई निकास दिने आफ्नो पार्टीको कुनै मुद्दा छैन् । कांग्रेस मधेसी मोर्चाको एजेण्डामा लुरु–लुरु हिड्न थालेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको अवस्थामा मोर्चाको मागको कांग्रेस पछि लाग्नु भनेको घोषित मितिमा चुनाव नगर्ने खेल वाहेक अर्को के हुन सक्छ ?

त्यसोत मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा एमालेको पक्षमा जनलहर उर्लिएको देखेपछि कांग्रेस माओवादी घोषित चुनाव रोक्ने खेलमा लागेको देख्न थालिएको छ । स्थानीय निकायको निर्वाचन भए हिमाल,पहाड र तराई सबैतिर एमाले पार्टीले बढार्ने निष्कर्ष निकाल्दै घोषित मितिको निर्वाचन नै रोक्ने डिजाइन अनरुप कांग्रेस सभापति देउवाले अभियान अघि बढाएका त होइन, भन्ने प्रश्न उठ्न थालेको छ ।

सिगो देशलाई नै निर्वाचनको माहोलतर्फ लैजानु पर्ने जिम्मेवारी बोकेको सत्तारुढ दलका सभापति देउवा उल्टै पहिले संविधान संम्शोधनको गीत गाउँदै हिड्नु भनेको यो वा त्यो वाहनामा निर्वाचन विथोल्नु नै हो ।

निर्वाचन तर्फ अघि बढिसकेको मुलुकलाई एकाएक संम्शोधनको नाममा पछाडि फर्काउने खेलमा देउवा लागेका छन् । यसबीच देउवाले मधेसी मोर्चाका नेताहरुलाई भेटेर चुनाव भन्दा पहिले नै जसरी भए पनि संविधान सम्शोधन हुने र आफू त्यसका लागि क्रियाशील भएको वताइसकेको छन् ।
त्यति मात्रै होइन, देउवाले केही दिन अघि पार्टीका पूर्वपदाधिकारी र पदाधिकारीहरुको बैठक बोलाएका थिए । सो बैठकलेपार्टीबाट समेत निर्वाचन र संविधान सम्शोधनको विषय संगसंगै लैजाने भनेर पार्टीलाई नै निर्वाचन रोक्ने कित्तामा उँम्याएका हुन ।