काठमाडौं, ६ चैत्र । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले व्यवस्थापिका संसद्को आइतबारको बैठक बहिस्कार गरेका छन् । मोर्चाले प्रमुखताका साथ उठाएको संविधान संशोधनको माग पूरा नगरिएको भन्दै संसद्को बैठक बहिस्कार गरेको हो ।
सभामुख ओनसरी घर्तीले सदनको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरुले आआफ्ना स्थानबाट उठेर बैठक बहिस्कार गरेका थिए । बैठकमा तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले मधेसका जनतामा आक्रोश आएको बताए ।
उनले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने भन्दै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गरे । सांसद यादवले आफ्नो भनाइ राखेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको आइतबारको बैठकबाट बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्