विश्व

भारतमा छ जना नक्सालवादी मारिए



नयाँदिल्ली, ६ चैत । भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा परी ६ जना नक्सालवादीको मृत्यु भएको छ भने, अरु दुई जना प्रहरी घाइते भएका छन् ।

छत्तिसगढको राईपुर देखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा घटना भएको प्रहरीले जनाएको छ ।

“आज घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ, घाइते प्रहरीहरुको उद्धारगरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ,” एक प्रहरी उच्च अधिकारीले भने । उनले त्यस क्षेत्रमा प्रहरीले खोजी अभियान चलाएको पनि जानकारी दिए ।

भारतका विभिन्न ठाउमा हिंसात्मक गतिविधि र विद्रोह गरिरहेका नक्सालवादीहरुलाई माओवादी पनि भन्ने गरिन्छ । पश्चिमी बङगाल राज्यको नक्सालबारी गाँउबाट उनीहरुले १९६७ मा विद्रोही र हिंसात्मक गतिविधि सुरु गरेका हुन् ।

अहिले मध्य र पूर्वी भारतका धेरै जिल्लाहरुमा माओवादी गतिविधि भईरहेको छ ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले नक्सालवादीहरुको गतिविधिलाई भारतको सवै भन्दा ठूलो आन्तरिक सुरक्षा चुनौतीका रुपमा व्यख्या गरेका थिए ।

गत हप्ता मात्रै भारतको सुकम जिल्लमा नक्सालवादीहरुको थापेका एम्बुसमा परी १२ जना प्रहरी मारिएका थिए । सिन्ह्वा