Banner News

राप्रपाको धर्नामा झडपः वरिष्ठ नेता राणा सहित करिब एक दर्जन घाइते



काठमाडौं,७ चैत्र । निर्वाचन आयोगमा जारी राप्रपाको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा बरिष्ठ नेता पशुपतिशम्सेर राणासहित करिब एक दर्जन नेता तथा कार्यकर्ता घाइेते भएका छन् ।

केन्द्रिय सदस्य निर्मला श्रेष्ठ, सांसद् सयन्द्र वान्तवा लगायत करिब एक दर्जन नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।
झडपको क्रममा प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रहार गरेको बुझिएको छ । झडपपछि त्यहाँको स्थिति अहिले तनावपूर्ण रहेको छ । अहिले राप्रपाका कार्यकर्ताहरु सडकमा टायर बालेर नाराजुलश गरिरहेका छन् ।

आयोगले संविधान विपरित भएको भन्दै पार्टीको विधानबाट राजसंस्था र हिन्दूराष्ट्र शब्द हटाउन निर्देशन दिएपछि राप्रपा आन्दोलित भएको हो ।