काठमाडौँ, ८ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकार र सदनको ध्यानाकर्षण गराए ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन र कुनै पनि बहानाबाजी नगर्न उनीहरुले आग्रह गरे ।
सहमतिका आधारमा गाउँपालिकाको केन्द्र तोकेर पठाइएको भए पनि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आफूखुसी फरक स्थानमा केन्द्र तोकेको भन्दै उनीहरुले आपत्ति जनाए।
यसरी ध्यानाकर्षण गराउने सांसदमा कृपाराम राना, गुरुप्रसाद बुर्लाकोटी, गौरा कोइराला, गौरी ओली, चन्द्र महर्जन, टीकाराम चेम्जोङलगायत लगायत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्