काठमाडौं, ९ चैत । स्थानीय चुनाव बाहिस्कार घोषणा गरेको मधेशी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ ।
सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई मधेशमा चुनाव हुन नदिने र आफुले पनि भाग नलिने घोषणा गरेको छ ।
सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा मोर्चाका नेताहरुले सीमाकंन बाहेक संविधान शंशोधन विधेयकका तीन वटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको अड्कल काटिएको हो । सरकार पक्षले यसअधि नै सीमाकंन बाहेक संविधान संशोधन गर्न तयार रहेको जनाउ दिइसकेको छ ।
संघीय सामाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारतबाट फर्केपछि औपचारिका निर्णय गर्ने भन्दै मंगलबारको बैठक टुंग्याइयो ।
बैठकमा सत्तापक्षबाट प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री कृष्णबहदुर महरा नेपाली कांग्रेस नेता कृष्ण सिटौला तथा मोर्चाबाट फोरम नेपालका सहध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना सहध्यक्ष लक्ष्मणलाल कर्ण,तराई मधेश सद्भावना पार्टी नेता पेशल ढकाल उपस्थित थिए ।
फोरम नेपाल सहध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्केपछि अन्तिम निर्णय गरौ भनेपछि मंगलबारको बैठकमा औपचारिक निर्णय हुन सक्ने हो ‘पार्टी अध्यक्ष (उपेन्द्र यादव) ले म फर्केपछि मात्र निर्णय गरौ भने । आज केही निर्णय नगरौ,’ भन्दै श्रेष्ठले बैठकस्थलबाट हिँडेको स्रोतले बतायो । नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्