शैक्षिक

एमाले मोरङको स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्ने तरिका



विराटनगर, ९ चैत । नेकपा एमाले मोरङले जिल्ला कार्यसमितिको विस्तार भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष विनोद ढकालले आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यसमितिमा ३० जनालाई थप गरिएको जानकारी गराए ।
साथै जिल्लाका नौ वटै संसदीय क्षेत्रमा इन्चार्ज र सहइन्चार्ज तोकिएको छ ।

सोअनुरुप क्षेत्र नं १ मा रुपनारायण मिश्र र दुर्गा विष्ट, क्षेत्र नं २ मा चण्डी राई र भोला अधिकारी, क्षेत्र नं ३ मा भेषनाथ रिजाल र रवीन थापा, क्षेत्र न ४ मा सन्तोष साह र वसन्तदेव मण्डल, क्षेत्र नं ५ मा धर्मानन्द सञ्जेल र दीपक कर्ण, क्षेत्र नं ६ मा महेश भट्टराई र धर्मलाल सिंह, क्षेत्र नं ७ मा पर्शुराम बस्नेत र कासिम मियाँ, क्षेत्र नं ८ मा अजम्बर राई र राजकुमार ओझा तथा क्षेत्र नं ९मा भूपाल जिमी र पुष्प ढकाललाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष ढकालले जानकारी गराए ।
त्यस्तै पार्टीका विभिन्न फाँट, जनसङ्गठन र स्थानीय तहका सङ्गठन समितिका संयोजक पनि तोकिएका छन् ।
अध्यक्ष ढकालका अनुसार निर्वाचनलाई केन्द्रित गरेर संगठन विस्तारको कामलाइ व्यवस्थित गरिएको हो । स्थानीय तहको निर्वाचनमा मोरङमा पहिलो पार्टी बन्ने योजनाका साथ कामलाई व्यवस्थित गरेको र सोही योजनाका साथ जिम्मेवारी बाँडफाँड गरेको हो ।