सम्पादकीय

अर्थले गृहको प्रस्ताव रोकेपछि‘



काठमाडौं, ११ चैत । म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौं बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यस सम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षा चुनौती सामना गर्न ४ अर्ब रुपैयाँको गाडी किन्ने प्रस्ताव अर्थ पठाएकामा अनावश्यक भन्दै अस्वीकार गरेपछि सिधै मन्त्रिपरिषद् दैजाने तयारी गरेका हुन् ।

गृहस्रोतका अनुसार सत्तागठबन्धनको प्रमुख हिस्सेदार नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका निधिको प्रस्ताव मन्त्रिपरिषद् पुगे नरोकिने, सिधै पारित हुने विश्वासमा मन्त्री निधि छन् ।

वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिले चुनौतीपूर्ण रहेको भन्दै गृहले दुई साताअघि ७५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने र करिब एक हजार ५ सय नयाँ सवारीसाधन किन्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको थियो ।

अर्थका एक उच्च अधिकारीका अनुसार निर्वाचनका लागि ५० हजार म्यादी प्रहरी भर्ना गरे पर्याप्त हुने र अति आवश्यक भए २–४ वटा मात्र सवारीसाधन किन्न सकिने जानकारी दिइसकिएको छ ।

अर्थले रकम दिने छाँट नदेखाएपछि गृहले जसरी पनि बजेट लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र दोस्रो विकल्प रोजेको हो ।
नागरिक दैनिकमा समाचार छ ।