Banner News

स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारको मापदण्ड ७–एमालेले तोके संगै सिगो कार्यकर्ता पक्ति उत्साहित



काठमाडौं, ११ चैत । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारको मापदण्ड तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा हिजो बसेको स्थायी समिति बैठकले उम्मेदवार छनौटको मापदण्ड पारित गरेको हो ।

मेची –महाकाली सफल अभियानपछि एमालेले स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारीको मापदण्ड तय गरेसंगै एमालेको सिगो पक्तिमा उत्साह छाएको छ । पार्टीले निर्वाचनमा उठ्ने उम्मृदवारको मापदण्ड तोकेपछि उम्मेदवार बन्नका लागि अस्वस्थ प्रतिस्पर्धा नहुने र त्यसले निर्वाचनमा जित्न सहयोग पुग्ने भएकाले कार्यकर्ता पक्ति उत्साहित भएको हो ।

पार्टीले उम्मेदवारको मापदण्ड हिजो तोकेकाले स्थानीय तहमा उम्मेदवार छनोटका लागि पनि केही हद सम्म भएपनि सजिलो भएको एमाले भक्तपुरका जिल्ला अध्यक्ष राजेन्द् राजथलाले वताए । उनका अनुसार पार्टीले उम्मेदवारका लागि मापदण्ड तोकेपछि स्थानीय तहमा हामीलाई उम्मेदवार चयन गर्ने सजिलो हुने भएको छ । एमालेले हिजो उम्मेदवारको चयनका विषयमा गरेको निर्णयले एमालेलाई स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने उनले दावी गरे । अर्को एमाले नेता एंव सभासद रामेश्वर फुँयालले पार्टीले उम्मेदवारको सम्बन्धमा हिलो गरेको निर्णयले आमकार्यकर्ताहरु उत्साहित भएको वताए ।

हिजो बैठकले स्थानीय तहमा उम्मेदवार बन्नका लागि ७ वटा मापदण्ड तोकेको छ । जस अनुसार स्थानीयत तहमा उम्मेदवारका आकांक्षी मध्ये सिनियर, पार्टीमा निरन्तर क्रियाशील, पार्टीप्रति प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने तथा गर्दै आएको र स्थानीय स्तरमा लोकप्रिय हुनुपर्ने छ ।

त्यसरी नै बैठकले उम्मेदवार छनौट गर्ने प्रक्रिया विधि पनि तय गरेको छ । एमालेले तय गरेको प्रक्रिया अनुसार गाउँ तथा नगरपालिकाका वडा अध्यक्ष र सदस्यहरुको नाम छनौट गरी सिफरिस गर्ने जिम्मा सम्बन्धित कमिटीलाई नै दिएको छ । वडा कमिटीहरुले गरेको सिफारिसमा गाउँ तथा नगर कमिटीको राय लिएर जिल्ला कमिटीले वडा अध्यक्ष र सदस्यका उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ ।
नगरपालिका र गाउँ पालिकाका प्रमुख र उपप्रमुखको सम्बन्धित कमिटीले गरेको सिफारिसका आधारमा जिल्ला कमिटीको राय लिएर प्रदेश कमिटीले अन्तिम टुंगो लगाउनेछ । महानगरका प्रमुख र उपप्रमुखको भने सम्बन्धित कमिटीको सिफारिसमा प्रदेशसँग परामर्श गरी अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको बैठकले उम्मेदवार छनौटको विधि पनि निर्धारण गरेको छ । एमालेले वडा अध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीको सिफारिसमा, गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाउनेछ ।

गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश कमिटीले छनोट गर्नेछ । तर, त्यसमा पनि सम्वन्धित तहको सिफारिस र जिल्लाको राय चाहिने सचिव भट्टराईले बताए । उपमहानर र महानगरका मेयर र उपमेयरको उम्मेदवार भने केन्द्रले नै छनोट गर्ने भएको छ । त्यति मात्रै होइन, एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित कारबाही गर्ने भएको छ ।