सम्पादकीय

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को सदस्यताका लागि नेपालको लबिङ



काठमाडौं, १३ चैत । नेपालले एक वर्षपछि हुने संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद् (यूडीएचआर) को सदस्यताका लागि अन्तर्राष्ट्रिय लबिङ सुरु गरेको छ ।

सन् २०१८ मा हुने परिषद्को निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको नेपालले विदेशस्थित नेपाली दूतावासहरुमार्फत सहगोगका लागि लबिङ थालेको हो ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुधिर भट्टराईका अनुसार आगामी अक्टोबरमा हुने परिषद्को निर्वाचनका लागि समर्थन जुटाउन विदेशस्थित सबै नियोगहरुलाई पहल थाल्न निर्देशन दिइएको छ । यसक्रममा शुक्रवार दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईले तान्जानिया पुगेर नेपालको उम्मेदवारीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले तान्जानियाका विदेशमन्त्री अगुस्टाई महिगासँग भएको शिष्टाचार भेटको क्रममा नेपालको उममेदवारीलाई सहयोग गर्न आग्रह गरेको प्रिटोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । गोरखापत्रमा समाचार छ ।