Banner News

महासचिव पोखरेलले भने –स्थानीय तहको निर्वाचनको उम्मेदवार एमालेले चाँडै तोक्दै छ



पोखरा,१३ चैत, । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब स्थानीय निर्वाचनलाई कसैले पनि टार्न नसक्ने बताएका छन् । अब निर्वाचन नचाहनेहरु पनि कतैबाट उम्कन नसक्ने भन्दै उनले पार्टी कार्यकर्तालाई सक्रिय ढंगमा निर्वाचनमा लाग्न निर्देशन दिए ।

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले संविधान संशोधन प्रस्ताव संसदमा बेवारिसे बनेको बताए ।

संविधान संशोधन चाहियो भन्ने मधेशी मोर्चाले नै संसदमा छलफल बहिस्कार गरेको र सत्ताघटक दलहरुः राप्रपासँगै कांग्रेस र माओवादीकै नेताहरु पनि विपक्षमा भएकाले संविधान संशोधनको कुनै औचित्य नभएको नभएको वताए ।

महासचिवलेृ एमालेले गरेको मेची(महाकाली अभियानले पार्टीको पक्षमा उत्साह ल्याएको वताउँदै उनले भने – उनले मेची(महाकाली अभियानले एमाले पक्तिमा उत्सह थपेको छ । र, जनतामा एमालेप्रति भरोशा थपेको छ ।
महासचिवले स्थानीय तहको निर्वाचनका लागि एमालेले चाँडै उम्मेदवार तोक्ने जानकारी गराए । चुनावमा जित सुनिश्चित हुने र स्थानीय तहमा लोकप््िरय व्यक्तिलाई एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने उनको भनाई छ ।

संविधान संशोधनको पक्षमा एमालेले लिएको अडानमा जनताको समर्थन प्राप्त भएको बताउँदै उनले दुई नम्बर प्रदेशमा स्थगित अभियान अब यहीं चैत १६र१७ गतेबाट सुरु हुने बताए ।