काठमाडौं, १४ चैत । मेलम्चीको पानी काठमाडौं आउने सुरुङ खन्न अब ४.२ किलोमिटर मात्र बाँकी छ । तर २०७४ असोज अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने आशंका बढेपछि मेलम्ची खानेपानी विकास समिति कामको गति बढाउन लागिपरेको छ ।
यसका लागि थप उपाय खोजिरहेका छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको कुल २६.५ किमि लामो सुरुङ खन्न ४।२ किमि बाँकी रहँदा तोकिएको समयमा सम्पन्न हुँदैन कि भन्ने आशंका बढेको छ ।
हाल दैनिक १५ देखि २० मिटरका दरले सुरुङ खनिएको छ । सोही गति अनुसार काम गर्दा तोकिएको समयमा पानी आउन नसक्ने अवस्था देखिएपछि समितिले थप उपायको खोजी गरेको हो । निर्माण कम्पनीले भने थप सर्तसहित तोकिएको समयमा काम सक्ने प्रतिवद्धता गरेको छ ।
समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले २०७४ असोज मसान्तभित्रै मेलम्चीको पानी ल्याउन निर्माण कम्पनीले प्रतिबद्धता गरेको बताए । गोरखापत्र समाचार छ ।










प्रतिक्रिया दिनुहोस्