Uncategorized

एमाले पर्वतले स्थानीय तहमा संयोजक तोक्यो



 

पर्वत १६ चैत । मुलुक सङ्घीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचनाअनुसार पुनर्गठन कार्य सुरु गरेको छ ।

मङ्गलबार सदरमुकाम कुस्मामा बसेको पार्टीको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकेको उपाध्यक्ष भक्त कुँवरले जानकारी दिनुभयो ।

बैठकले वरिष्ठ सचिवालय सदस्यको संयोजक र दोस्रो वरिष्ठ सदस्यलाई सहसंयोजक चयन गरेको छ ।

बैठकले कुस्मा नगरपालिकाको संयोजकमा यम गुरुङ्ग र सहसंयोजकमा विष्णु नेवार चयन गरेको छ । यसैगरी, फलेबास नगरपालिकाको संयोजकमा मञ्जु अधिकारी र सहसंयोजकमा पिताम्बर घिमिरेलाई तोकेको छ ।

त्यस्तैगरी, अन्य गाउँपालिकामा क्रमशः जलजला गाउँपालिकाको संयोजकमा लालबहादुर अधिकारी र सहसंयोजकमा टुंगनाथ पौडेल, मोदीको संयोजकमा दाताराम चापागाई र सहसंयोजकमा सेती महत, बिहादी गाउँपालिकामा संयोजकमा लालबहादुर गुरुङ्ग र सहसंयोजकमा कमल भुसाल, महासिला गाउँपालिकामा संयोजक ईश्वरी भुसाल र सहसंयोजक बिष्णुराम बिक चयन हुनुभएको छ ।

त्यस्तै, पैयँु गाउँपालिकाको संयोजकमा उमाकान्त सुवेदी र सहसंयोजकमा रेशमलाल न्यौपाने चयन हुनुभएको छ । फलेबास नगरपालिकामा मन्जु अधिकारी संयोजक र पिताम्वर घिमिरे सहसंयोजक चयन हुनुभएको छ ।

बैठकले सङ्गठन कमिटीमा रहने सदस्यहरुको समेत टुङ्गो लगाएको छ । सबै स्थानीय तहका सदस्यमा साविकका गाउँ कमिटीका अध्यक्षसहितका पदाधिकारी र सोही तहभित्र रहेको क्षेत्रीय कमिटीका सदस्यहरु स्वतः सदस्य हुने निर्णय गरेको छ ।

एमालेले स्थानीय तहको चुनावका लागि एकहजार १११ सदस्यीय चुनाव परिचालन कमिटी पनि गठन गरेको बताएको छ । रासस