भक्तपुर,१६ चैत्र । नयाँ शक्ति नेपालभित्र असन्तुष्ट पक्षले नयाँ पार्टीको घोषणा गर्ने भएको छ ।
पार्टी घोषणा गर्न नयाँ शक्तिभित्र असन्तुष्ट पक्षले भक्तपुरको शंखधर पार्टी प्यालेसमा अहिले राष्ट्रिय भेलाको आयोजना गरेको छ । साढे १० बजेबाट भक्तपुरमा सुरु हुने भेलामा ५१ जिल्लाका प्रतिनिधिको सहभागीता रहने छ ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले संघीय समाजवादी फोरममा पार्टीलाई विलय गराउ लागेको भन्दै आफूहरुले नयाँ पार्टी घोषणा गर्न लागेको नेता निर्मल भट्टराईले जानकारी गराए । अब घोषणा हुन लागेको नयाँ शक्ति नेपाल १०१ जनाको केन्द्रीय कमिटी हुने छ । ।
आमसंचारसंग नेता भट्टराईले भने अब बन्ने पार्टीको सागठानिक स्वरुप एमालेको जस्तै हुनेछ । उनले थपे–, ‘डा भट्टराईले आफ्ना कार्यकर्तालाई आगामी चुनावमा फोरमको चुनाव चिन्ह लिएर लड्न लगाउँदै हुनुहुन्छ, हामीलाई त्यो सह्यै भएन, त्यसैले अलग हुनलागेका हौ. । ।’
‘डा भट्टराईको भारतलाई हेर्ने दृष्टिकोण र पार्टीको नीतिका विषयमा हाम्रो पहिलेदेखी नै असहमती थियो, त्यहि आधारमा नयाँ पार्टी जन्मिन लागेको हो ।’
अब बन्ने नयाँ पार्टी आर्थिक विकास, समृद्धी, प्रगतिशिल माक्र्सवाद र बहुलवादमा आधारीत हुने उनले जानकारी गराए ।
नयाँ शक्ति नेपालको हाल ११ सय ६२ सदसीय केन्द्रीय परिषद रहेकोमा बाबुरामले ३ सय ८१ जनालाइ लिएर बैठक चलाइरहेको निर्मल समूहको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्