सम्पादकीय

महन्थ ठाकुरको मनको कुराः हामी चुनावको बाधक भएको भए काठमाडौं छाडेर मधेसमा बस्थ्यौं : सहमति गरेर चाँडै चुनावमा जान चाहन्छौुं



काठमाडौं, १७ चैत, । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चा सरकारसँग सहमति गरेर चाँडै चुनावमा जान इच्छुक रहेको बताएका छन् । आफूहरु चुनावको बाधक नभएको ठाकुरले स्पष्ट पारेका छन् ।

विहीबार सुरेशकुमार यादवसँगको अन्तरवार्ताका क्रममा मोर्चाका नेता ठाकुरले चुनावमा जाने इच्छा सार्वजनिक गरेका हुन् । उनले चुनाव चाहेकै कारण मधेस जानुको साटो काठमाडौंमै बसेर सरकारसँग वार्ता गरिरहेको बताएका छन् ।

नेता ठाकुरले चुनावबारे सोधिएको प्रश्नमा भनेका छन । हामी चुनावको विरोधी होइनौं । चुनावका लागि हामीले पहिलेदेखि आवाज उठाएको हो । तर हामीसँग भएका सहमति र प्रतिवद्धता पूरा गरिनुपर्छ भन्ने हो । हामीले चुनाव हुनुहुँदैन भनेका छैनौं । हाम्रो माग जति छिटो पूरा हुन्छ, त्यति छिटो चुनावमा जानत सक्छौं ।’

चीनबाट फर्किएका प्रधानमन्त्रीतर्फ लक्षित गर्दै ठाकुरले भनेका छन् । ‘ बुधबार चीनबाट फर्किएका  छन । हेरौं सहमतिको सूत्र केही ल्याएका छन कि

सँगको अन्तरवार्तामा ठाकुरले भनेका छन् । ‘हामी चुनावको बाधक कदापि होइनौं । संविधान संशोधन जसले गर्दैन, त्यो नै चुनावको बाधक हुन्छ । बरु हामीलाई चुनाव विरोधी देखाउने प्रयास हुँदैछ । हामी काठमाडौंमा बसेर वार्ता गरिरहेका छौं तर मधेसी जनता भन्छन् काठमाडौं छाडेर आऊ ।

हामी आशावादी भएर सरकारसँग वार्ता गरिरहेका छौं नि । हामी चुनावको बाधक भएको भए यो बेला काठमाडौं छाडेर मधेसमा बस्थ्यौं । आन्दोलनमा हुन्थ्यौं तर सरकारसँग हामी निरन्तर वार्तामा भएको कारणले बुझ्नुपर्छ कि हामी चुनावको बाधक होइन ।’

चीनबाट फर्किएका प्रधानमन्त्रीतर्फ लक्षित गर्दै ठाकुरले भनेका छन् । उहाँ बुधबार चीनबाट फर्किएका छन। हेरौं सहमतिको सूत्र केही ल्याएका छन कि ।’गोरखापत्रमा समाचार छ ।