सम्पादकीय

५४ अर्बमा ४ सय केभीको ३ सय किलोमिटर प्रसारणलाइन बन्ने



काठमाडौं, १७ चैत । अमेरिकी सहयोगको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले ६० अर्ब अनुदानको रकम जलविद्युत र सडक परियोजनामा खर्च गर्ने भएको छ ।

सन् २०२३ सम्म सम्पर्ने गरी गरी एमसीसीले ४०० किलोभोल्ट क्षमताको ३ सय किलोमिटर प्रसारणलाइन निर्माण गर्ने भएको एमसीसी नेपाल कार्यालयका संयोजक तुलसीप्रसाद सिटौलाले जानकारी दिए ।

गल्छी दामैली, लप्सीफेदी(गल्छी, गल्छी हेटौंडा, दमौली सुनवल गरी चार वटा खण्डमा प्रसारणलाइन निर्माण गरिनेछ । दामैली गल्छी र सुनवलमा सब स्टेशन पनि बन्ने यो परियोजनामा मात्रै ५४ अर्ब खर्च हुनेछ । यो परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले पनि १० देखि १५ अर्ब खर्चनुपर्नेछ ।

हटौंडा(भिमफेदी र अमेलिया धानखोला सडक मर्मतको योजना पनि एमसीसीले छनोट गरेको छ । अब एकवर्षभित्र जग्गा अधिग्रहण लगायतका प्रक्रिया टंग्याएर सन् २०१८बाट निर्माणमा जाने एमसीसीको योजना छ ।

अब प्रक्रिया अघि बढाउन एमसीसीले लगानी बोर्डमा प्रस्ताव लैजान लागेको कारोबारमा समाचार छ ।