सुनसरी, १७ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा हुने बताए ।
सुनसरी सदरमुकाम इनरुवामा बिहीबार संचारकर्मीसँग कुराकानी गर्नुहुँदै नेता पौडेलले सो कुरा बताएका हुन् ।
उनले स्थानीय निकायको निर्वाचन नभए प्राप्त भएको उपलब्धिसमेत गुम्ने खतरा भएका कारण स्थानीय निकायको निर्वाचन आवश्यक भएको वताए ।
वरिष्ठ नेता पौडेलले मधेसी मोर्चासँग वार्ता भइरहेका कारण सबैको सहमति र सहभागितामा वैशाख ३१ गते नै स्थानीय निकायको निर्वाचन हुने दाबी गरे । उनले निर्वाचन मुलुकको विकास, सङ्घीयता र संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भएकाले यो अनिवार्य रहेको वताए ।
फरक प्रशङ्गमा नेता पौडेलले नेपाली काँग्रेस जनताको पार्टी भएको, देशभरी नै सङ्गठन भएका कारण आफनो पार्टीले सबै क्षेत्रमा जित्ने दाबी गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्