शैक्षिक

पहिलो दिन ६५ प्रतिशतले खाए हात्तिपाइले रोगको औषधी



कपिलवस्तु, १७ चैत । जिल्लाको शिवराज नगरपालिका सबै वडाहरूमा हातीपाईले विरूद्धको औषधी खुवाउन सुरु गरिएको छ । पहिलो दिन ६५ प्रतिशतले  औषधी खाएको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताए ।

सन् २०२० सम्म नेपालबाट हाती पाईलो रोग समाप्त गर्न सरकारको रणनीति अनुसार चैत्र १७ गते प्रत्येक वडाको केन्द्रमा १८, १९गते घरदैलो गरि हाती पाईले रोग विरूद्धको औषधी खुवाउने नयना पुनले बताईन ।

कपिलवस्तुमा सर्वेझण गर्दा १३ प्रतिशत मानिसहरूमा लिम्फयाटिक, फाईलेरियाका विरामी भेटिएको तथ्याड्ग सार्वजनिक भएको थियो ।
औषधी सेवन गरेपछि शरिरमा रहेको परिजिविको संख्या कमबढी भए अनुसार असर देखिने भएपनि समस्या न आउने र प्रसस्त पानी पिउनु, घरमै आराम गर्नु पर्ने पौडेलले बताए ।

घरदैलो अभियान मार्फत छुटेकाहरूलाई स्वयम सेविकाहरूले औषधी खुवाउने कार्यक्रम रहेको उनेल जानकारी दिए ।