Banner News

वर्दिवासमा सयौ प्रवेशः एमालेका कार्यकर्ता उत्साहित भेला भव्यताका साथ सम्पन्



काठमाडौ,१७ चैत । सप्तरी घटनापछि तराई–मधेसबाट नेकपा एमाले भाग्यो भन्ने आरोप लागि रहेका बेला एमालेले प्रदेश नम्बर दुई कै बर्दिबासमा ‘दुई नम्बर प्रदेश स्तरीय भेला’ भव्यताकासाथ सम्पन्न गरेको छ ।

दुई दिनसम्म चलेको भेलामा प्रदेश नम्बर दुईका आठै जिल्ला सयौँ अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । बुधबार एमाले वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेको भेलामा बिहीबार वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल, सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईलगायतले सम्वोधन गरेका थिए ।पहिलो दिन जस्तै आज पनि

प्रदेश नम्बर दुईबाट एमाले प्रवेश गर्नेको लहर नै चल्यो ।।नेकपा माओवादी केन्द्र नेता एवं पूर्वसांसद फर्मुद नदाफसहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । त्यसैगरी सद्भावना पार्टीका जिल्ला युवा अध्यक्ष राजु पटेल पनि एमाले प्रवेश गरेका छन् ।