काठमाडौं, १८ चैत । साक्षा यातायतले भक्तपुरमा सेवा विस्तार गर्न खोजेपछि त्यसको विरोधमा केही व्यवसायीहरु लागे पनि अन्तत साक्षा यातायतले भक्तपुरमा पनि आफ्नो सेवा विस्तार गर्न लागेको छ ।
हाल काठमाडौं र ललितपुरमा संचालनमा रहेको साझाले आफ्नो सेवा उपत्यकाका तिनै जिल्लामा विस्तार गर्न लागेको हो ।
जसको लागि रुट इजाजत अनुमति पाउने काम अन्तिम चरणमा पुगेको साझाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार साझाको भक्तपुरमा बस गुडाउनको लागि रुट इजाजपत्रको काम अन्तिम चरणमा पुगेको जनाएको छ । सम्भवतः चैत्र महिनाको तेस्रो हप्ता भित्र साझाले इजाजपत्र पाइसक्ने विभागले बुझिएको छ ।
साझाले सबै कानुनी प्रक्रिया पूरा गरेर गएकाले रुट इजाजत दिन विभाग तयार भएको हो । साझा भक्तपुरका यात्रुका लागि सेवा दिन तयार रहेको र रुट इजाजत पाउने वित्तिकै सञ्चालन गर्ने साझाले जनाएको छ ।
भक्तपुरका दुइवटा रुटमा बस संचालनको लागि यातायात कार्यालयसँग फागुन ३० गते रुट माग गरी आवेदन दिएको थियो । यातायातले सुरक्षाको कारणले गर्दा रुट इजाजत दिन केही ढिला भएपनि सुरक्षाको प्रत्याभूति भएपछि सेवाा सुरु गर्न लागिएको बताएको छ ।
साझाले भक्तपुरका दुइवटा रुटमा गरी २० वटा बस सञ्चालन गर्ने र १० ओटा तत्कालै थपिने जनाएको छ । जस अनुसार दशवटा बस काठमाडौंको कलङ्की –कालीमाटी–त्रिपुरेश्वर–सुन्धारा रत्नपार्क–पुतलीसडक–सिहदरबार –माइतीघर –बबरमहल –नयाँ बानेश्वर–मिनभवन हुँदै भक्तपुर तिर जाने बुझिएको छ ।
यस्तै दशवटा बसहरु जडिबुटीको बाटो भएर पुरानो ठिमी हुदै कमलविनायकको बाटो फर्कने छन् । अरु दशवटा बस भने जडिबुटीबाट नयाँबाटो कमलविनायक हुँदै पुरानो बाटोबाट रत्नपार्क फर्कने छन् ।
साझाका बसहरु उपत्यकाका सबै रुटमा सञ्चालन हुनुपर्ने माग जताततै बढ्न थालेको छ। यात्रुमैत्री ठूला बसहरुबाट सेवा दिइरहेको साझाले ३ सय ६५ दिन नै सेवा दिन थालेपछि सबैतिर माग बढ्न थालेको छ । साझाले बन्द,हडताल जस्ता दिनहरुमा समेत आफ्नो सेवा दिने गरेकाले यात्रुहरुले साझाको सेवा रुचाएका हुन्।
त्यसोतगत फागुनमा साझा यातायातले रुट इजाजतका लागि लिखित रुपमा यातायात व्यवस्था विभागमा आवेदन दिएको थियो । यस लगत्तै भक्तपुरका बस व्यवसायीले इजाजत रोक्न दबाब दिँदै आएका कारण साक्षाको सेवा विस्तारमा ढिलाई भएको हो ।
प्रतिक्रिया दिनुहोस्