सम्पादकीय

तस्करीको सुनमा प्रहरी नजर



 काठमाडौं, २१ चैत । चार महिनामा काठमाडौंमा तस्करी, अपहरण र डकैती अभियोगमा एसएसपीदेखि प्रहरी जवानसम्म पक्राउ परेका छन ।

नागरिक दैनिकका अनुसार तीन महिना अवधिमा अपराधमा प्रहरी मुछिनुको मूल कारण नै तस्करी हो । तीन जना प्रहरीले गत शुक्रबार सुन भएको सूचनाका आधारमा मरुहिटीमा ६४ तोला सुन लुटेका थिए ।

आपराधिक समूहसँग मिलेर काठमाडौंको मरुहिटीमा रहेको सुन बनाउने कारखानाबाट करिब ३० लाख पर्ने ६४ तोला सुन लुटेको अभियोगमा शनिबार प्रहरी जवान अजय गुरुङ पक्राउ परे ।

उनी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतकक्षमा पुग्दा त्यहाँ पहिल्यैदेखि थिए सई संवत तामाङ र प्रहरी जवान सूर्यबहादुर थापा ।

तामाङ र थापाले दुई महिनाअगाडि सुन तस्कर भएको सूचनाका आधारमा व्यापारीको अपहरण गरेका थिए भने एसएसपी खत्री तस्करीको सुन विमानस्थलबाट कटाएबापत कमिसन लिएको अभियोगमा समातिएका थिए । नागरिकमा समाचार छ ।