शैक्षिक

भक्तपुरका चारैवटा नगरपालिकामा एमालेलाई चुनावी तातो लाग्दै



भक्तपुर,२१ चैत्र । जिल्लामा नेकपा एमालेलाई पहिलो पार्टी बनाउने योजनाका साथ एमालेले जिल्लाका सबै नगरपालिका र त्यसका वडाहरुमा आन्तरिक चुनावी अभियानलाई तीव्र पारेको छ ।

सूर्यविनायक नगरपालिका ५को संगठन कमिटीको संयोजकमा विष्णु गमान्जु,६ वडामा सुधाम केसी, ७ रविन्द्र सापकोटा, ८ धर्मराज बस्नेत, ९ भैरव वहादुर खत्री र रामशरण गिरी रहेका छन । त्यसरी नै चाँगु नगरपालिकामा पनि एमालेले चुनावी गतिविधिलाई अघि बढाएको छ ।यसबीच चाँगुको ६,७ र ९मा संगठन कमिटी निर्माण भैसकेको छ ।

त्यसरी नै चाँगुको ८ मा अनेमसंघ गठन गरिएको छ । र, उनीहरुको एक समारोहबीच सपथ ग्रहन कार्यक्रम समेत सम्पन्न भएको छ ।हिजो नै ती कमिटीहरुको बैठक बसेको र आवश्यक निर्वाचनमुखि गृहकार्य अघि बढाएको जिल्ला कमिटीका सदस्य रजन केसीले जानकारी गराए ।

त्यसरी नै मध्यपुर नगरपालिकामा पनि हिलो नै अन्तरक्रिया कार्यकम सम्पन्न भएको छ । सूर्यविनायकको वालकोट र दधिकोटमा पनि संगठन कमिटी निर्माण भैसको छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, सभासद केदार संजेल, अध्यक्ष राजेन्द्र राजथला, उपाध्यक्ष बचन देउजा,एमालेका जिल्ला सचिव हरिशरण लामिछाने, उपसचिव बासुदेव थापा लगायतका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । त्यसैगरी भक्तपुर नगरपालिकामा पनि चुनावी अभियानलाई एमालेले अघि बढाएको छ । नेतृ सरस्वती वाटी, नेताहरु वालमुकुन्द सुवाल, महेन्द्रगोपाल कर्माचार्य, विष्णु सुवाल, शिवलाल वाला लगायतले चुनावी योजना बनाएर संगठनको कामलाई तीव्रताका साथ अघि बढाएका छन् ।