काठमाडौं,२२ चैत । अन्तत काठमाण्डौ–तराई द्रुत मार्ग नेपाली सेनाले बनाउने भएको छ । सरकारले काठमाण्डौ–तराई फास्ट ट्रयाक सेनालाई बनाउन दिने प्रस्तावको व्यहोरा सहितको पत्र पठाएको थियो ।
सरकार आफैंले बनाउने निर्णय गरेको राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुतमार्ग निर्माण गर्न सक्ने वा नसक्नेबारे नेपाली सेनाको जवाफ मागेको थियो । सरकारको पत्रको उत्तरमा नेपाली सेनाले बनाउने सहमती सहीतको पत्र पठाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी गरायो । मन्त्रालयका अनुसार अब मन्त्री परिषद्को बैठकबाट निर्णय गरी निमार्णको जिम्म नेपाली सेनालाई दिने बुझिएको छ ।
काठमाण्डौ–तराई द्रुत मार्ग देखि बाराको निजगढ सम्मको ७६ किलोमिटर लामो सो द्रुतमार्गको ट्र्याक खोल्ने काम पनि सेनाले नै गरेको थियो । नेपाली सेनाले हालसम्म देशका विभिन्न भागमा सडक आयोजनाको ट्र्याक खोल्ने काम गरेपनि ठूला आयोजनाको जिम्मा दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्