काठमाडौं२३ चैत । चैत्र मसान्तमा चन्द्रागिरि महोत्सव हुने भएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागिएको महोत्सवका संयोजक समीर बलामीले बताए ।
‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔं’ भन्ने मूल नाराका साथ प्रथम चन्द्रागिरि महोत्सब–२०७३ चैत्र २९ गतेदेखी २०७४ बैशाख ६ गतेसम्म हुन लागेको हो ।
पर्यटकीय स्थल चन्द्रगिरिलाई चन्द्रागिरिकै स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादनहरु र अन्य विषयहरुलाई मूर्तरुपमा पहिचान र झन चिरपरिचित गराउन प्रथम चन्द्रागिरी महोत्सब–२०७३ आयोजना गर्न लागेको जानकारी गराए ।
महोत्सबमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो ईन्जिन, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधी, स्वास्थ्य, शिक्षा, स्वरोेजार फारम संकलन, लत्ता कपडा, मनोरञ्जन फनपार्क, पहिलो पटक काठमाडौंमा गोरु जुधाई लगायत व्यवसायिक स्टलहरु दुई सय ५१ स्टलहरु रहनेछन् । नौ दिनसम्म चल्ने महोत्सवमा चन्द्रागिरिको पृष्ठभुमि झल्कने होर्डिङबोर्डहरु तथा फोटो प्रदर्शनी पनि हुनेछन् ।
तीन लाख भन्दा बढी दर्शकहरुलाई महोत्सबको अवलोकन गराउने लक्ष्य रहेको आयोजक समितीका सदस्य शिवराम गिरीले बताए । महोत्सवमा निःशुल्क वाईफाई–ईन्टरटनेट सुविधाको प्रवन्ध मिलाईने भएको छ । हिमालयन टाईगर समूहको रेस्लिङ, न्यु ईयर ईभ कन्सर्ट, हेलिकप्टर चदेर चन्द्रागिरि भ्रमण जस्ता थप आकषर्णहरु पनि राखिएको आयोजक समितीका सदस्य रोशन दानीले बताए ।
प्रतिक्रिया दिनुहोस्