काठमाडौं, २५ चैत । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले वैशाख पहिलो साताभित्रै नयाँ सरकार बन्ने खुलासा छन्। विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गच्छदारले भने,‘यो सरकारले चुनाव गरायो भने अझै एक महिना रहन्छ। नगरे वैशाख पहिलो सातासम्ममा नयाँ सरकार आउँछ।’
गच्छदारले चुनाव गराउनु सरकारको दायित्व भएपनि राजनीति नयाँ ढंगले अघि बढेको बताए। उनले नयाँ परिस्थितिमा नयाँ सरकार गठन हुने अवस्था आए आफूहरु पनि सहभागी हुने बताए।
मधेशवादी दलको मुद्दा भुइँमा पछारिएको र ढुलमुले प्रवृत्ति बोकेर उनीहरु एकातिर चुनावको विरोध गर्ने अनि अर्कोतिर उम्मेदवार तयार गरिरहेको बताउँदै गच्छदारले भने,‘सरकार पनि कुहिरोको कागजस्तै भएको छ।’
गच्छदारले संविधान कार्यान्वयन अहिलेको मुख्य विषय भएकोले अद्यावधिक चुनाव आवश्यक भएको चर्चा गरे। नमिलेका विषयमा राजनीतिक रुपमा सहमति जुटाएर सबै दल एकै ठाउँमा आउने पर्ने गच्छदारको भनाई थियो।
गच्छदारले संविधान प्राप्तिसँगै उब्जिएका समस्यालाई समाधान गर्दै तीनै तहको चुनाव गरेर जनताको अधिकार स्थापित गराउनु र देशलाई दिगो शान्तितर्फ डोे¥याउनु नै अबको बाटो भएको बताए। अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्