भद्रपुरः भद्रपुर नगरपालिकाअन्तर्गत किरात कलोनी नजिकै देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको फर्निचर तथा काठ जलेर नष्ट भएको छ ।
विद्युत् सर्ट भई सुरु भएको आगोलाई सशस्त्र प्रहरी, जनपद प्रहरी र भद्रपुर दमकलले निभाएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरधनी घरमा नभएको बेलामा भएको आगलागीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्