काठमाडौ चैत्र २७ चैत ३ गतेपछि बस्न नसकेको मन्त्रिपरिषद बैठक पुन सरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमण जानुअघि बस्ने भनेको मन्त्रिपरिषद् उपप्रधानमन्त्रीहरुको वरियता विवादले रोकिएको थियो ।
उपप्रधानमन्त्रीहरुको वरियता विवाद र नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणले प्रधानमन्त्री बैठक नै नराखी चीन उडेका थिए । चीनबाट फर्केको साता बितिसक्दा पनि बस्न नसकेको बैठक आइतबार तीन बजेका लागि बोलाइएको थियो ।
तर, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आफुलाई वरियाताक्रममा तेस्रो नम्बरमा रखेको भन्दै सहभागी नजनाउने भएपछि सोमबार तीनबजेसम्मका लागि स्थगित भएको छ ।
बैठकका रिक्त रहेको नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने प्रमुख एजेन्डा रहेको बताइएको छ । गृहमन्त्रीले पेश गर्नुपर्ने प्रस्तावका लागि उनी नै अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको हो
प्रतिक्रिया दिनुहोस्