काठमाडौं, २८ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै आएको भए पनि सरकारले निर्वाचनलाई लिएर गम्भीरता देखाएको छैन् । निर्वाचन गर्न अत्यावश्यक पर्ने कतिपय ऐनहरु निर्माण गर्न अझै बाँकी नै छ । ऐन निर्माण नभएका कारण निर्वाचन आयोगले निर्वाचनका कामहरुलाई अघि बढाउँन सकेको छैन् ।
उता, सरकार भने आन्तरिक झमेलामा रमाइरहेको छ । एकपछि अर्को मन्त्रिपरिषदको बैठक स्थगित गरेर मुलकमा अन्यौलता तर्फ धकेलिरहेको छ ।उपप्रधानमन्त्रीको वरियताक्रमको विवाद र नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा टुंगो नलागेपछि मन्त्रिपरिषद्को बैठक फेरि स्थगित भएको छ।
आइतबार अपरान्हका लागि बोलाइएको मन्त्रिपरिषद बैठक विशेष कारणबस् स्थगित गरिएको भन्दै सोमबार दिउँसो तीन बजेका लागि बोलाइएको छ ।उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीच वरियताक्रम विवाद नमिलेपछि यसअघि पनि पटक(पटक बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित हुँदै आएको थियो। उपप्रधानद्वय निधि र थापामध्ये को दोस्रो वरियतामा रहने भन्ने विवाद कायमै छ।










प्रतिक्रिया दिनुहोस्