इलाम, २८ चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरे ।
प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै छ, यसमा हाम्रो कुनै सहमति भएको छैन्,’ उनले भने ।
संविधान संशोधनको कुरा बेमौसमको बाजा भन्दै उनले संशोधनको कुरा गरेर स्थानीय तहको निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाए । ‘प्रधानमन्त्रीले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ, यो कदापि स्वीकार्य छैन्, चुनाव हुन नदिने षड्यन्त्रण हो, महासचिव पोखरेलले भने ।










प्रतिक्रिया दिनुहोस्