काठमाडौ,२८ चैत्र । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटीमा देखिएको विवाद समाधानको लागि कार्यबाहक अध्यक्ष वामदेव गौतमको नेतृत्वमा विवाद समाधान कमिटी बनाएको छ ।
सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीका पूर्व अध्यक्ष झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव इश्वर पोखरेलसहितको विवाद समाधान कमिटी बनाएको हो ।
त्यसैगरी बैठकले गाउँपालिका र त्यसका वडामा उमेद्वारको प्रमाणिकरण प्रदेश कमिटीले गर्ने, नगरपालिका, उपमहानगर र महानगरपालिका र त्यसका वडाका उमेदवारको प्रमाणिकरण अध्यक्षले गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारले तयार पारेको भनिएको संविधान संशोधन प्रस्तावका सम्बन्धमा आफ्नो पार्टीसँग कुनै छलफल नै नभएको पनि स्पष्ट पारेको छ ।
प्रधानमन्त्री र सत्तारुढ दलहरुको एमालेसहितको सहमतिमा संविधान संशोधन प्रस्ताव ल्याउन लागिएको भन्ने भनाईप्रति आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्