काठमाडौं, ३० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण निश्चित भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणमा राष्ट्रपति भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणमा जान लाग्नु भएको हो ।नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका तर्फबाट बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीको औपचारिक भ्रमण कार्यतालिका सार्वजनिक गरिएको छ ।
जारी विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले वैशाख ४ देखि ८ गतेसम्म भारत भ्रमण गर्नुुहुने छ ।
सार्वजनिक कार्यतालिकाअनुसार भ्रमणक्रममा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने छ । राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनुुहुनेछ भने भ्रमणक्रममा गुजरात र उडिसा पनि जानुहुने छ ।
राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कनुहुने छ ।
प्रतिक्रिया दिनुहोस्