मो. इमरान खान
कपिलवस्तु ३० चैत्र । कपिलवस्तुको महराजगंज नगरपालिका १ औरहवामा मंगलवार दिउँसो ३ वजे जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । भने १३ जना घाईते भएका छन ।
जिल्लाको तौलिहवा देखि वहादुरगंज तर्फ जादै गरेको मे. १ ज १३१ नम्बरको जीप औरहवा गाँउमा जिप अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको प्रहारीले जनाएको छ । मृत्यू हुनेमा शिवराज नगरपालिका १३ बस्ने ३८ बर्षिय महेन्द्र शुक्लाको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यू भएको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ ।
घाईतेहरु मध्ये जवभारी १ बस्ने हाकीम मुसालमानको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ । अन्य घाईते सामान्य रहेकको र सम्पुर्णको उपचार जिल्ला अस्पताल तौलिहवामा भईरहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको तौलिहवा बाट महराजगंज र बहादुरगज जाने सबै जिप चालकहरुले अटेरी गरी क्षमता भन्दा बडी यात्रुहरु लाई जिपमा बसाल्ने र ठाउ न भई जिपको छत माथी बसाली लगने गरेका छन । तर कपिलवस्तुमा प्रसासन र ट्रापिmक तौलिहवा सदरमुकाम मात्र हेरि बसेका छन ।
प्रतिक्रिया दिनुहोस्