समाचार

चीन सरकारबाट आयोगलाई निर्वाचन सामग्री प्राप्त



काठमाडौँ, ३० चैत । आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका निर्वाचन सामग्री आज चीन सरकारबाट प्राप्त भएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालस्थित चीनका राजदूत यु होङ्गले करिब रु १४ करोड ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभयो ।

पत्रकारसँग कुरा गर्नुहुँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री मित्रराष्ट्र भारत, चीन र संयुक्त राष्ट्रिय विकास कार्यक्रम युएनडिपी माग गरिएकोमा चीन सरकारसँग आग्रह गरिएका सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले बिहीबार युएनडिपीबाट प्राप्त हुने सामग्री आइपुग्ने र भारतबाट आउने सामग्री पनि छिट्टै नेपाल आउने बताउनुभयो । आयोगले टेन्डरमार्फत खरिद गरेका ३० हजार मतपेटिका भने चीनको केरुङ नाकामा आइपुगेको र सम्बन्धित कम्पनीले केही दिनभित्रै आयोगलाई बुझाउने जानकारी पनि सचिव मैनालीले दिनुभयो । रासस