अर्थ

यसकारण हुँदैछ सहकारी ऐन ल्याउन ढिलाइ



काठमाडौँ, ३१ चैत । नेपाल सहकारी पत्रकार समाज सिजेएन ले प्रस्तावित सहकारी ऐनलाई जतिसक्दो चाँडो लागू गर्न माग गरेको छ ।

सिजेएनले बुधबार यहाँ अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी प्रस्तावित सहकारी ऐन अन्तिम चरणमा पुगेको भए पनि ऐन आउन ढिला भएका कारण शङ्का उत्पन्न भएको भन्दै जतिसक्दो चाँडो ल्याउन माग गरेको हो ।

सांसद हरिलाल ज्ञवालीले ऐनका बारेमा सहकारी मन्त्रालय, सहकारीविज्ञ लगायत सरोकारवालासँग दफावार छलफल गर्नुपरेका कारण पनि ऐन आउन ढिला भएको स्पष्ट पारे ।

अर्का सांसद ओमदेवी मल्लले सहकारीलाई खुम्च्याउने भन्दा पनि सबैलाई मान्य हुने खालको ऐन ल्याउनुपर्नेमा जोड दिइन ।

राष्ट्रिय सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले अबको ऐनले सहकारी अभियानलाई प्रवद्र्धन गर्नसक्नु पर्ने बताए ।