काठमाडौ, १ बैशाख । उपत्यकाबासीले २०७३ लाई ‘सास्तीको वर्षु को रुपमा लिएका छन् । धुवाँ, धुलो लगायतका प्रदुषण, अस्तव्यस्त ट्राफिक व्यवस्थापनसँगै अन्य कारणबाट ।
खासगरी मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी ल्याउने योजना अनुसार पाईप गाड्न थालेपनि धुलोले काठमाडौं प्रदुषणमय बनेको हो ।
एकातिर डेटलाईन अनुसार पानी काठमाडौं ल्याईसक्नुपर्ने बाध्यता आयोजालाई भएपनि उसको काम गराईले उपत्यकावासीले धेरै कष्ट व्यहोर्दै आएका छन् । धुलो नियन्त्रण गर्न काठमाडौं महानगरपालिका र सडक विभागले परिमाणमुखी काम नसकेपछि अहिले पनि उपत्यकाको बायुमण्डल धुलोले भरिएको छ ।
महानगर सडक बढार्ने ब्रुमर मेसिन खरिद गर्ने योजना वर्षको अन्तिम महिनामा सार्वजनिक भयो । त्यो पनि कहिले आउने हो ठेगान छैन । सडक विभागले भएका कर्मचारीको पनि सहि सदुपयोग नगर्दा सडकमा यत्रवितत्र धुलो फैलिएका छन् ।
धुलोले स्वासप्रश्वासमै समस्या भएपछि उपत्यकावासीले काठमाडौंलाई ‘धुलमाण्डौं कोठमाडौुं सम्म उपमा दिए । योजना विना जथाभावी बाटो खनेर समयमा निमार्णसम्पन्न गर्न नसक्दा वायुमण्डलमा अत्यधिक धुलो फैलिएपछि नजिकको दृश्य समेत ठम्याउन हम्महम्मे पर्छ काठमाडौंमा ।
धुलोले सास्ती खेप्दै आएका उपत्यकावासी अव्यवस्थित ट्राफिक व्यवस्थापनबाट पनि उत्तिकै आजित हुनुपर्यो । सवारीचालक मुख्य चोकमा कम्तीमा तीन देखि पाँच मिनेट रोकिनुपर्ने र जाममा धुलोको शिकार बन्नुपरेको छ । अझ बातावरण विभाग र दृष्टी काठमाडौं नामक गैरसरकारी संस्थाले गरेको प्रदुषण मापनले त उपत्यकाको हावा २४ घन्टै सास फेर्न अयोग्य भनेको छ ।
सडक विस्तारसँगै उपत्यकाको गन्तब्य सजिलै सर्वसाधरणको पहुँचमा भने पुगेको छ । यसलाई सकारात्मक मान्नुपर्छ। सहरका गल्लीहरु केहि फराकिला भएका छन् असन, ईन्द्रचोक र ललितपुरको मंगलबजार बाहेकका ।
राजधानीमा गुड्ने थोत्रा गाडी र अस्तव्यस्त सडक नै प्रदुषणका मुख्य कारक बने । खासगरी त्रिपुरेश्वर( नागढुंगा सडक चार लेनको बनाउने भनेर सरकारले चार चरणमा बहुवर्षीय योजना अन्तर्गत एक अर्ब रुपैंया भन्दा बढी रकम बजेट बिनियोजन समेत गरेको थियो । अन्नपूर्ण पोष्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्