Banner News

तपाई लेखेर राख्नुहोस् उपत्यकामा पनि वहुमतसहित पहिलो पार्टी एमाले नै हुनेछौं



सानु श्रेष्ठ – एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य

एमालेको देशव्यापी लहर छ । राजधानी अर्थात उपत्यकामा त्यसको कतिको प्रभाव पर्ने देख्नु हुन्छ ?

उपत्यकामा पनि एमालेको राम्रो स्थिति छ । अहिले नगरपालिकाका वडाहरुमा वडा अध्यक्ष र नसस छान्ने र त्यसरी छानेकालाई माथिल्लो कमिटीमा पु¥याउने काम भएको छ । वैशाख ४ गते सम्ममा गाउँपालिका र मेयर –उपमेयरको छान्ने क्रम सकिन्छ । अहिले सम्म हाम्रो सोचाई भनेको तलैबाट सकभर सर्वसम्बत बनाउने नै हो । त्यसका लागि वडा कमिटीहरुले पहल गरुन भन्ने नै हो ।

तल सर्बसम्बत भ एन भने माथिबाटै टुगो लगाउने त होलानी होइन ?

नससहरु र वडा अध्यक्ष जिल्ला कमिटीले नै टुंगो लगाउने भन्ने कुरो छ । नगरपालिकाको प्रमुख –उपप्रमुखको प्रदेश कमिटीले निर्णय गर्ने छ । महानगरपालिको प्रमुख उपप्रमुखको स्थायी कमिटीले निर्णय गर्ने छ ।

देशव्यापीरुपमा एमालेका शीर्ष नेताहरुले चुनावमा एमाले पार्टी वहुमतसहित पहिलो हुने दाबी गरिहेका छन । के उपत्यकामा पनि एमाले पार्टी पहिलो पार्टी हुन्छ ?

उपत्यकामा पनि एमाले पार्टी पहिलो पार्टी हुन्छ । यसका दुईमत छैन् । लेखेर राख्नुहोस हामी उपत्यकामा वहुमतसहित पहिलो पार्टी हुन्छौ ।

पहिलो पार्टी त हुन्छ भन्नु भयो ? तर एमाले पार्टीबाट विभिन्त्र पदमा उठ्ने आंकाक्षीहरुको लर्को हेर्दा तपाईले भने जस्तै पहिलो पार्टी हुने संकेत पनि देखिन्छ । तर, आंकाक्षीहरुको पार्टीले सही व्यवस्थापन गर्न नसक्ने हो भने त्यसले निर्वाचनमा प्रभाव पार्ने कतिको देख्नु हुन्छ ?

भूमिगतकालमा मानिस खोज्न गाह्रो हुन्थ्यो । ०५४को निर्वाचनमा जिविस लगायत प्राय सबै जसो गाउँमा जितेका कारण पनि अहिले एमालेमा उम्मेदवारका आंकाक्षीहरुको जुन संख्या बढेको छ, त्यो मलाई स्वाभाविक हो जस्तो लाग्छ । संख्या बढी छ त्यसलाई हाम्रो पार्टीले व्यवस्थापन गर्छ नै । हामी सकभर सबै उम्मेदवारहरुको छनोट गर्दा सर्वसम्बत नै गर्ने कोसिस गछौं । त्यसो गर्न सकिएन भने एउटा विधि र प्रक्रियाबाट उम्मेदवारको छनोट गछौ ।

त्यसो गर्दा सबै पक्षलाई मूल्याकन गरेर हामी जित्ने हिसाबले उम्मेदवारको छनोट गछौं । हिजो उम्मेदवार नभएका साथीहरु र सामाजिक काममा लाग्दै आएका साथीहरुलाई म्यानेज गर्ने सोच राख्दै आएका छौ । खास गरेर दावी गर्ने साथीहरुलाई नै राखेर हामी सर्वसम्बत गर्ने प्रयास गर्ने छौ । र, त्यसले एउटा राम्रो सन्देश दिने छ ।

तपाईले देशमा मात्रै होइन, उपत्यकामा पनि एमाले यो निर्वाचनमा पहिलो पार्टी हुन्छ भन्नु भयो । तर,राजधानीमा नै एमालेको समान्नतर भेलाहरु भएको समाचारहरु आइरहेका छन । यो त निर्वाचनमा पहिलो पार्टी हुने संकेत होइनन नी ?

एमाले भनेको कुनै त्यस्तो द्यौसी –भैलीको पार्टी होइन । यो २००६ सालमा स्थापना भएको पार्टी हो । पार्टी निश्चित रुपमा विधि र विधान अनरुप संचालित हुन्छ । र, हुनुपर्छ । अहिले खासै त्यस्तो खालको समान्नतर भेला गर्दै हिड्नु पर्ने होइन् । जसले अस्वस्थ गतिविधि गर्दै हिड्छ, त्यस्ता व्यक्तिहरु कार्यकर्ता र जनताकोबीचमा ढिलो चाँडो नांगिर्दै जाने छन् । गुटगत हिसाबले बेग्लै भेला गर्ने, वैग्लै खालको गतिविधि गर्दै हिड्ने, त्यो तरिका राम्रो होइन, त्यसले पार्टीको हि त गर्दैन् ।

होइन, विवाद त देखियो नी ? त्यसलाई मिलाउने उपाध्यक्ष वामदेव गौतमको संयोजकत्मा कमिटी नै बनेको छ होइन ?

म आफै पनि प्रदेश कमिटीकै सचिवालय सदस्य भएका कारणले थाह छ, काठमाडौ जिल्ला कमिटीमा कतिपय सदस्यहरु रिक्त रहेका छन् । त्यस्ता ठाउँमा थप्नु पर्छ भन्ने हिसाबले एउटा कार्यदल पनि प्रदेश सहसंयोजक काशिनाथ अधिकारीको कार्यदल बनेको थियो ।

त्यो कार्यदलले खाली ठाउँमा कमिटी भित्र नभएकाहरुलाई सहमतिको आधारमा २८ जना सम्म राल्ने भन्ने कुरा भएको थियो । तर, कार्यदलको उद्देश्य अनुसार नभएर त्यहाँ ३८ जनाको नाम थप्ने प्रस्ताव गरिएको छ । त्यसरी प्रस्ताव गरेका कतिपय व्यक्तिहरु शाखा कमिटी,क्षेत्रीय कमिटी, केन्द्रीय विभागमा बसिसकेका साथीहरु भएका कारण समस्या भएको हो । राख्दा खेरी एउटै तहको अर्थात पूर्वजिल्ला कमिटीका साथीहरु राख्नुपर्छ भन्ने पार्टीको कुरा हो ।

क्षेत्रीय कमिटीमा पदाधिकारी भएकाहरु कोही बस्न पाउने कोही नपाउने त्यस्तो हुनु हुन्न । सबैलाई एकै किसिमको मापदण्ड हुनुपर्छ भन्ने कुरा उठेको छ । जहाँसम्म खाली स्थानमा प्रदेश कमिटीले सिफारिस गरेपछि र केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्रै लागू हुन्छ ।

कार्यदलले पास गरेको कुरा पनि प्रदेश कमिटीमा छलफल भएर प्रदेश कमिटीले पास गरेपछि पनि केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्रै लागू हुन्छ । त्यसले गर्दा अहिले साथीहरु ह्तास भएर समान्नतर भेला गर्दै हिड्नुमा कुनै तुक छैन् । अहिले जुन समस्या देखिएको छ, वरिष्ठ नेताहरुले नै त्यसलाई हेर्ने भएकाले पनि त्यो समाधान हुन्छ भन्ने लाग्छ । एउटा जिवान्त पार्टीमा यस्तो समस्या आइरहन्छन् । तर, निवाृचनको मुखमा उपत्यकामा यस्तो अस्वस्थ गतिविधि गर्नु राम्रो कुरा चाँही होइन् ।
एमाले प्रति जनतामा आकर्षण छ । यसबीच विभिन्त्र पार्टी परित्याग गरी हाम्रो पार्टीमा नेता–कार्यकताहरु प्रवेश गरिरहेका छन् । यो क्रमा देशका वित्रिन्त्र जिल्लामा मात्रै होइन, उपत्यकामा पनि भइरहेको छ । त्यसले गर्दा हामी उपत्यकामा पनि वहुमत सहित पहिलो पार्टी हुन्छौ ।