सम्पादकीय

मोर्चाको आन्दोलनले विदेशी हस्तक्षेप बढाउने माओवादी केन्द्रको बिश्लेषण



काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले निर्वाचन बिथोल्ने गरी सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमले विदेशी हस्तक्षेपलाई बढाउन खोजेको रुपमा बिश्लेषण गरेको छ ।

‘मधेशी मोर्चासहितको संघीय गठबन्धनले जे निर्णय सार्वजनिक गरेको छ । त्यो दुखद र गलत छ । ती कार्यक्रमले राजनीतिक अस्थिरता उत्पन्न गराउनेछ’ सो पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले  भने । ‘प्राप्त भएका राजनीतिक उपलब्धीलाई निषेध गर्नेछ, प्रतिगमनलाई सहयोग पुरयाउनेछ,विदेशी हस्तक्षेपलाई बढावा दिनेछ । गठबन्धनले किन यस्तो निर्णय गरयो भन्नेमा गम्भीर आशंका उत्पन्न भएको छ ।’
आन्दोलनकारीलाई शर्तसहित वार्तामा आउन पनि सो पार्टीले अपिल गरेको छ । ‘सार्वभौमसत्ता र राष्ट्रिय हितमा हामी कुनै पनि सम्झौता गर्दैनौ । प्राप्त उपलब्धी खोस्ने,निषेध गर्ने प्रबृत्तिसँग पनि हामी सम्झौता गर्दैनौ’ श्रेष्ठदले भने त्यो बाहेक अरु बिषयमा लचकतासाथ वार्तामा वस्न तयार छौ । त्यसका निम्ति मोर्चालाई अपिल पनि गर्दछौ ।

’ सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन बिधेयकको बिरोध गर्दै मोर्चाले निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री प्रचण्डको पार्टीबाट यस्तो प्रतिक्रिया आएको हो । अन्नपुर्ण पोष्टमा समाचार छ ।