सम्पादकीय

संविधान कार्यान्वयनमा सहयोग गर्छौं : भारत



काठमाडौं, ७ वैशाख । भारतले नेपालले वार्तामार्फत समाजका सबै तह र तप्कालाई संगै लिएर संविधान कार्यान्वयन प्रक्रियामा अगाडि बढ्न गरिरहेको प्रयासमा आफ्नो सहयोग रहने बताएको छ ।

भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले महत्वपूर्ण राजनीतिक भेटघाट गरेको भोलिपल्ट बुधवार भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले संविधान कार्यान्वयन प्रक्रियामा अगाडि बढ्न गरिरहेको प्रयासमा समर्थन रहेको कुरामा राजनीतिक नेतृत्वले पुन: जोड दिएको उल्लेख गरेको छ ।

नेपालको राजनीतिक घटनाक्रमको बारेमा सो विज्ञप्ति भनिएको छ, ‘नेपाल सरकारले समाजका सबै तह र तप्कालाई संगै लिएर तथा वार्ताको माध्यमले संविधान निर्माणको प्रक्रियामा अगाडि बढ्न गरिरहेको प्रयासमा समर्थन रहेको कुरामा राजनीतिक नेतृत्वले पुनस् जोड दिएको छ ।

’ नेपालले शान्ति, स्थायित्व र सबै खालको विकासका लागि गरिरहेको पहलको लागि भारतीय नेतृत्वले सद्भाव व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रपति भण्डारीको भ्रमणले दुईपक्षीय सम्बन्धका बहुआयामिक क्षेत्रहरुको पुनरावलोकन र सम्बन्धलाई नयाँ उचाइमा लैजान दुवै पक्षको प्रतिवद्धताका लागि अवसर प्रदान गरेको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देश जोड्ने परियोजना, पाइप लाइन विस्तार, एकीकृत जाँच परियोजना, जलस्रोतका परियोजनाहरु, विद्युत व्यापार सम्झौता तथा प्रसारण लाइनहरुको विषयमा पनि कुराकानी भएको विज्ञप्तिमा जनाइएको छ । कान्तिपुरमा समाचार छ ।