काठमाडौ,७ बैशाख । स्थानीय तहको निर्वाचनमालाई केन्द्रित गरेर पहिलो पार्टी हुने लक्ष्यका साथ पेशागत विशेष जिल्ला कमिटी एमाले काठमाडौले संगठनको आन्तरिक अभियानलाई महानगरपालिका भरि तीव्र पारेको छ । महानगरपालिकाका सबै वडाहरुमा विशेष जिल्ला कमिटीले चुनाव केन्द्रित आन्तरिक अभियानलाई अघि बढाएको छ । यसैबीच
एमाले पेशागत विशेष जिल्ला कमिटीको आयोजनामा काठमाडौ महानगरपालिका ३१ वडामा आज भएको वुद्धिजीवीहरुको भेलाले नरेश्वर ज्ञवालीको संयोजकत्वमा ५१ सदस्यीय मूल सहयोग समिति र १५ सदस्यीय सचिवालय गठन गरेको छ ।
जसको सहसंयोजकमा रिता सुवेदी रहेकिछिन । सो भेलाको प्रमुख अतिथ्य सगठनका अध्यक्ष प्रेम पराजुली गरेका थिए । भेलामा एमालेको वडा कमिटीले सर्वसम्मत सिफारिस गरेका अध्यक्षका उम्मेदवार नारायण भण्डारी, महिला सदस्य हुमा देवी आचार्य, दलित महिला सदस्य सानु रम्तेल, खुल्ला सदस्य द्धय रमेस सत्याल र सरोज ढकाल समेत सो भेलामा सहभागी भएका थिए । भेलाको अध्यक्षता संगठनका उपाध्यक्ष भोला पोखरेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्