समाचार

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु



भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले व्यासीबाट कमल विनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नंको स्कुटरलाई विहिबार अपरान्ह ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने २६ वर्षीय राकेश खाइजु घाइते भई इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए ।

प्रहरीले मिनीट्रक चालक भक्तपुर नगरपालिका–१३ दरबार स्क्वायर घर भई हाल भक्तपुर–८ लिवाली बस्ने ५१ वर्षीय हरिकृष्ण बासी र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।