Banner News

निर्वाचन विथोल्न सबै नेता –कार्यकर्ता तराईमा उत्रार्ने मोर्चाका नेताको चेतावनी



काठमाडौं,८ बैशाख । मधेशी मो र्चालाई पनि सहममतिमा ल्याएर निर्वाचन गर्ने सरकार र दलहरुको प्रयास सफल हुने संभावना क्षीण बन्दै गएको छ ।प्रधानमन्त्री पुस्पकमल दाहाल , नेपाली कांग्रेसका शीर्ष नेताहरु र मोर्चाबीच बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल कुनै सहमतिमा पुग्न सकेन् ।

संसदमा पेश भएको संविधान संशोधन प्रस्तावमा मोर्चाले असहमति जनाएको छ । मोर्चाका माग अनुसार संविधान संशोधन नभए चुनाव बिथोल्न शनिबार देखी तराई झर्ने धम्की वार्तामा दिएको स्रोतले जानकारी गरायो ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावको प्रक्रिया अगाडि बढाउने र स्थानीय तहको निर्वाचन पनि एकै साथ गर्ने प्रस्ताव राखे पनि मोर्चाका नेताहरुले संशोधन प्रस्ताव वीना आफुहरुलाई निर्वाचन मान्य नहुने अडान राखेका थिए । ‘संविधान संशोधन नभए सम्म हामी निर्वाचन हुन दिदैनौ , यसका लागि शनिबार देखि सबै नेता तथा कार्यकर्ता तराईमा उतार्ने मोर्चाका एक नेताले वताए ।यद्धपी सहमतिका लागि फेरी पनि वार्ता हुने ती नेताले वताए ।