मोहम्मद इमरान खान
कपिलवस्तु, ८ बैशाख । स्थानीय तहको निर्वाचन जति नजिकदै गईरहेको छ उतिनै मधेशी मोर्चा अक्रोसित बन्दै गईरखेका छन । मधेशी मोर्चाका नेता अनुसार यदि सरकारले मधेशी को मागलाई सम्बोदन न गरेमा आफनो मनमानी गरेमा अउने परिनाम सरकारले आफै लिनु पर्ने भन्दै स्थानीय तहको निर्वाचन विरुद्ध कपिलवस्तुको सदरमुकाम तौलिहवामा मधेसी गठबन्धनद्वारा बीहिावर साझ लाठी जुलुश प्रदर्शन गरेका छन ।
सरकारले मधेस आन्दोलनको माग सम्बोधनलाई वेवास्ता गरेको, निर्बाचनको कार्यक्रम घोषणा गरेको बिरोध स्वरुप मधेस आन्दोलनलाई शसक्त बनाउन लाठ्ठी जुलुुस निकालेको मोर्चाको भनाइ छ । राष्ट्रिय मधेस समाजबादी पार्टी, नेपाल सद्भावना पार्टी, गणतान्त्रिक फोरम, तराई मधेस पार्टी र अन्य मधेशी दलले मोर्चा बनाई लाठ्ठी जुलुस प्रर्दशन गरेका छन् ।
गठबन्धनको राष्ट्रिय कार्यक्रम अन्र्तगत सदरमुकाम तौलिहवाको प्रशासन चोकमा मधेशी महिला र पुरुषले लाठ्ठी सहितको ¥याली आयोजना गरी चुनावको बिरोध गरेका थिए । नेताहरुले बोल्दै मधेशलाई पनि चुनाव चहिएको छ भन्दै पहिला माग सम्बोधन गर्नु पर्ने बताएका थिए ।
कार्यक्रमपछि जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभामा बोल्ने गठबन्धनका जिल्ला नेताले सत्तासिन नेतृत्वले आन्दोलन दमन गर्दै मधेस आन्दोलनको माग सम्बोधन नगरी पशुवत व्यवहार देखाएकाले आफुहरुले बाध्य भै लाठ्ठी जुजुस निकाले बताएका थिए । यसैबीच स्थानीय निकायको चुनाव बहिस्कार गर्नुपर्ने भन्दै संयुक्त मधेशी मोर्चाले कपिलवस्तुको चन्द्रौटामा लाठी जुलुस निकालेका छन । हातमा लाठी लिएर साँझ ३ बजे निकालिएको जुलुस चन्द्रौटा बजार परिक्रमा गरी चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा संघीय समाजबादी फोरम नेपालका सांसद अभिषेक प्रताप शाह, सद्भावना पार्टीका केन्द्रिय सदस्य रबिदत्त मिश्र, तमलोपाका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ईश्वर दयाल मिश्र लगायतले सम्बोधन गरेका थिए ।
नेताहरुले सरकारको आलोचना गर्दै स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने बताएका थिए । लाठी जुलुसमा संयुक्त मधेशी मोर्चाका केन्द्रिय तहदेखि जिल्ला तहका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको विरोधमा मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्