काठमाडौं, ९ वैशाख । मधेसी मोर्चा सीमांकन टुंग्याउने विषयमा संघीय अयोग बनाउने विकल्पमा तयार भएको छ । अधिकारसम्पन्न आयोग बनाउने विषयमा आफूहरू सकारात्मक भएको मोर्चाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
‘अहिले संविधान संशोधनका लागि सीमांकनबाहेकका विषय समेटिएको प्रस्ताव ठीक छ र सीमांकन टुंग्याउन संघीय आयोग बनाउने विषय हामीलाई मान्य छ,’ कर्णले भने, ‘अधिकारसम्पन्न आयोगबाट संघीय सीमांकन टुंग्याउन विषयमा हामी तयार छौँ ।’
मधेसी मोर्चा प्रदेश र केन्द्रीय संसद्को निर्वाचनअघि नै संघीय आयोग बनाएर प्रदेशको सीमांकन टुंग्याउन पनि सहमत भएको मोर्चाका नेता कर्णले जानकारी दिए । ‘पहिले सत्तारुढ दलका नेताहरूले आयोग गठनमा समानुपातिक समावेशितालाई अस्वीकार गर्दै आए पनि तीन–चार महिनाभित्रमा प्रदेश र केन्द्रीय संसद्को चुनावअगाडि संघीय अयोग बनाएर सीमांकन टुंग्याउने विषयमा तयार भएका छौँ,’ कर्णले भने ।
सत्तारुढ दलले स्थानीय तहको संख्या बढाउन तयार रहेको जनाउ दिए पनि यस विषयमा पनि दुई पक्षबीच समझदारी भइसकेको छैन । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्