Banner News

निर्वाचन टार्ने खेलः सरकारले घोषणा गरेको दुई चरणको निर्वाचन एमालेलाई अमान्य



काठमाडौ ११,बैशाख । नेकपा एमालेको स्थायी समिति बैठकले सरकारले हिजो घोषणा गरेको दुई चरणमा स्थानीय तहको निर्वाचन गराउने निर्णयलाई अस्वीकार गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि आफ्नो धारणा तय गर्नआज बसेको प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक यस्तो निर्णयमा पुगेको हो ।

जेठ १५ गते नै वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै स्थानीय निर्वाचन दुई चरणमा गर्ने वा बजेट सार्ने विषय आफूहरुलाई मान्य नहुने निर्णय भएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बजेट पनि दोस्रो चरणको निर्वाचनपछि मात्र ल्याउन एमालेले सुझाव दिएको छ । यी दुबै कुराको ग्यारेन्टी नभए एमालेले समर्थन गर्न नसक्ने पनि स्पष्ट पारेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको बैठकले संविधान संशोधन विधेयकको पनि विरोध गरेको छ । सहमति नगरी संशोधन विधेयक अघि बढाए असफल पार्ने चेतावनी पनि दिएको छ । वैठकले मधेसी मोर्चाका नाममा सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको ठहर गरेको छ ।