–अमिर रामदाम
भरतपुर, ११ बैशाख । आसन्न स्थानिय तह निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिका वडा नं २ का अध्यक्षका प्रत्यासी उम्मेद्वार पूर्ण बहादुर श्रेष्ठले विकासको आधारमा देशकै नमूना वडा निर्माण गर्ने प्रतिवद्धता गरेका छन् । उनले समतामूलक समाज निर्माणका लागि आफ्नो अहम भूमिका रहने र सबैलाई सूर्य चिन्हमा मतदान गरी सहयोग गर्न अपिल समेत गरेका छन् ।
नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा भएको भेलामा श्रेष्ठले सो कुरा बताएका हुन् । भेलाले आसन्न स्थानिय तह निर्वाचन सफल गर्नका लागि निर्वाचन परिचालन मूल कमिटिमा वडा अध्यक्ष बलराम सिटौलाको संयोजकत्वमा ५०१ सदस्यीय समिति निर्माण गरेको छ ।
भेलाले पूर्व मेयर हिमबहादुर पियाको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति, श्रीराम पाण्डेको संयोजकत्वमा १७ सदस्यीय आर्थिक संकलन तथा व्यवस्थापन उपसमिति, नवराज ढकालको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार उपसमिति, दिपबहादुर अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय जिफण्ड परिचालन उपसमिति, रामकृष्ण सुवेदीको संयोजकत्वमा १०१ सदस्यीय स्वयमसेवक तथा सुरक्षा समन्वय उपसमिति, श्याम पियाको संयोजकत्वमा ५ सदस्यीय प्रतिवद्धता पत्र निर्माण उपसमिति गठन भएको प्रेस संयोजक अमिर रामदामले जानकारी दिए ।
भेलामा नेकपा एमाले प्रदेन नं ३ का सल्लाहकार गोमा तिमिल्सेना, जिल्ला कमिटि सदस्यहरु पूर्ण बहादुर श्रेष्ठ, नमूना शर्मा, जेष्ठ कम्युनिष्ट मन्चका सदस्यहरु हरि गोपाल शर्मा, तेजबहादुर रामदाम, रुद्रकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
भेला नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं २ का अध्यक्ष बलराम सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं २ले आजैदेखी घरदैलो अभियान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्