काठमाडौं, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले वैशाख ३१ मै एकै चरणमा स्थानीय तहको निर्वाचन हुनु पर्ने निष्कर्ष निकालेको हो ।
यसअघि हिजोमात्रै सरकारले स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा गर्ने र १, २ ५ र ७ नम्बरमा जेठ ३१ मा गर्ने निर्णय गरेपछि एमालेले यस्तो धारणा सार्वजनिक गरेको हो ।
बैठकले सरकारले मधेसवादी दलहरुसँग सहमति गरेर ल्याउन लागेको परिमार्जनसहितको संविधान संशोधन विद्येयकलाई निर्वाचन विथोल्ने षड्यन्त्र भएको ठहर गरेको छ । सरकारले ल्याउन लागेको परिमार्जसहितको संविधान संशोधन विधेयक राष्ट्रघातीसमेत भएको ठहर पनि बैठकले गरेको एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
उनले भने,‘ प्रतिपक्षी दल एमालेलाई जानकारी नै दिईँ जसरी सरकारले मधेसवादी दलहरुसँग वार्ता र सहमति गरेर भएको निर्वाचन सार्ने र संविधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेको छ। यो एमालेलाई मान्य छैन ।’
बैठकले संसदको प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सल्लाह र जानकारी नै नदिईँ स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ र दोस्रो चरणमा जेठ ३१ मा गर्ने सरकारको निर्णयप्रति आपत्तिसमेत जनाएको छ । बैठकले सरकारले मधेसीवादी दलसँग सहमति गरेर चुनावको मिति सारेर चुनाव भाड्ने दिशातर्फ अग्रसर भएको ठहरसमेत गरेको श्रेष्ठले बताए x। उनले एमाले संविधान संशोधनबारे एमाले आफ्नो पूर्ववत अडानमा कायमै रहेको बताए ।
उमले भने,‘ दुई चरणमा गर्दा सवै दल चुनावमा आउँछन् भन्ने ग्यारेन्टी के छ । चुनावमा कसैले म भाग लिन्न र मतदान गर्दिन भन्न पाउँछ। तर, सरकारले विभिन्न षड्यन्त्र गरेर निर्वाचन भाड्न खोजिरहेको छ। त्यो एमालेलाई स्वीकार्य छैन।
कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्