काठमाडौं,१२ बैशाख । सरकार र मधेसवादी दलबीच सहमति भएपछि व्यवस्थापिका संसदमा सरकारले पछिल्लो पटक दर्ता गरेको संविधान संशोधन विधेयकमाथि आजबाट सैद्धान्तिक छलफल हुने भएको छ ।
आज दिउँसो १ बजे बस्ने संसदको बैठकमा विधेयकमाथिको छलफल सुरु हुने भएको छ ।नयाँ विधेयकमार्फत सरकारले सीमांकनसम्बन्धी विवाद समाधान गर्न संघीय आयोग गठन गर्नेदेखि प्रदेशको सीमांकन हेरफेर अहिलेकै संसदले गर्न सक्ने गरी संविधान संशोधन गर्न खोजेको छ । सरकारले हिजोको बैठकमा संविधान संशोधन विधेयक पेश गरेको थियो ।
चैत २९ गते सरकारले पुरानो विधेयक फिर्ता लिएर दर्ता गराएको नयाँ विधेयकमा मोर्चा र संघीय गठबन्धनले असहमति जनाएपछि थप संशोधन गर्ने गरी संसदमा छलफल प्रक्रिया अघि बढाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्