Banner News

अध्यक्ष ओलीले भने–षड्यन्त्रपूर्ण र छलछाम गरी ल्याएको संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुँदैन



ललितपुर, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान शंसोधन प्रस्ताव एमालेले नस्वीकार्ने वताए ।नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १८ औं स्मृति दिवसमा बुधबार ललितपुरमा आयोजित स्मृतिसभामा एमाले अध्यक्ष ओलीले सरकारको संविधान संशोधन प्रस्ताव डरलाग्दो र झनै राष्ट्रघाती भएको वताएका हुन् ।

षड्यन्त्रपूर्ण र छलछाम गरी ल्याएको संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन नदिने अध्यक्ष ओलीले वताए ।

। अध्यक्ष ओलीले पहिलो संशोधन प्रस्तावभन्दा हालको प्रस्ताव अझ डरलाग्दो र राष्ट्रघाती भएको जिकिर गर्दै उनले भने – सरकारले मधेस र पहाड छुट्याउने, प्रदेशको संख्या थप गर्ने जस्ता कार्यले नेपाली नेपालीबीच नै झगडा उत्पन गराउने डिजाइन अनरुप ल्याइएको वताए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य स्वर्गीय मनमोहन अधिकारी २०५१ सालमा अल्पमतको सरकारका ३१ औ प्रधानमन्त्री बनेका थिए । अधिकारी सरकारकै पालामा बृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाउ जस्ता लोकप्रिय कार्यक्रम लागू भएको थियो ।