Banner News

एमालेको चुनावी घोषणापत्रमा शिक्षालाई व्यावहारिक र सीपमुलक बनाउने



काठमाडौ,१५ बैशाख । निर्वाचनको तिथि नजिकिए संगै राजनीतिक दलहरु चुनावी घोषणपत्र सार्वजनिक गर्दै छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि दलको चुनावी घोषणापत्रलाई सम्भवत भोली सार्वजनिक गर्दै छ । एमालेले भोली सार्वजनिक गर्न लागेको घोषणापत्रमा दलहरुबीच लोकप्रिय घोषणापत्र ल्याउन प्रतिस्पर्धा नै चलेको छ ।

घोषणापत्रमा पाँच वर्षभित्रमा १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारी दिइने कार्यक्रम ल्याउने घोषणा गरिएको छ ।
पहिलो वर्षमा खाद्यान्नमा आत्मनिर्भर तथा तीन वर्षमा गरिबी उन्मूलन गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ । पाँच वर्षमा हरेक नेपालीको प्रतिव्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पुर्‍याउने, स्थानीय तहको भौतिक पूर्वाधार तयार गरी तीन वर्षमा नगरपालिका र गाउँपालिकालाई अन्तर्राष्ट्रियस्तरमा जोड्ने प्रस्ताव पनि घोषणापत्रमा उल्लेख छ ।

शिक्षा व्यावहारिक र सीपमुलक बनाउने, माध्यामिक र उच्च शिक्षाको अध्ययन गर्नका लागि आवासीयसहित निःशुल्क शिक्षा, प्राविधिक शिक्षामा ७० प्रतिशत तथा सामाजिक, राजनीतिक र प्रशासनिक शिक्षामा ३० प्रतिशत जनशक्ति उत्पादन गर्ने घोषणा गरिएको छ ।

आगामी १० वर्षभित्रमा नेपाललाई एसियाको मापदन्डमा पुर्‍याउने र प्रत्येक प्रदेशमा एउटा सूचना गाउँ स्थापना गर्नेपनि एमालेको लक्ष्य रहेको छ ।