काठमाडौं, १६ वैशाख । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्ने भएको छ । १३ बर्षअघिदेखि यस्को र्चा हुँदै आएको थियो । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएको छ ।
मन्त्रालयले १३ बर्षअघिदेखि अनिर्णण्को अवस्थामा थन्किरहेको बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको हो । ६ अर्बको लागतमा बन्न लागेको बाहिरी चक्रपथ ३ देखि ५ वर्षसम्ममा निर्माण पुरा हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
शहरी विकासमन्त्री अर्जुननरसिंह केसीको पहलमा ७१ दशमलव ९३ किलोमिटर चक्रपथ निर्माणको कार्यले मूर्त रुप लिने भएको हो । नेपाल समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्